अग्नीसाईर कृष्णासवरन गाउँ पालिकालाई प्रदेश नं.२ को पहिलो अर्गानिक गाउँ पालिका बनाउन कार्यक्रम ल्याउछौं : अध्यक्ष चौधरी

  • असार १४, २0७८
  • 0
...

कञ्चनपुर,असार १३ गते । अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले अर्गानिक खेति स्वास्थ्यको लागि र आउने पुस्ताका लागि महत्वपूर्ण रहेकोले यस गाउँपालिकालाई प्रदेश नं.२को पहिलो अर्गानिक गाउँपालिका बनाउन आवश्यक कार्यक्रम ल्याउने बताएका छन् ।

गाउँपालिकाको सहयोग र स्पाईरल फार्म हाउसको आयोजनामा किसानहरुलाई अर्गानिक खेती तर्फ आकर्षित गर्नका लागि ६ वटै वडाहरुमा ३ दिने बायोडायनामिक अर्गानिक खेति प्रवद्र्धन कार्यक्रम समापन समारोहमा अध्यक्ष चौधरीले सो कुरा बताएका छन् ।

गाउँपालिकाको वडा नं. ६मा संचालन भएको ३ दिने कार्यक्रमको समापन तथा सहभागि किसानहरुलाई प्रमाण वितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष परशुराम चौधरीले तालिममा सहभागि किसानहरुलाई प्रमाण पत्र वितरण गर्दै अर्गानिक खेति स्वास्थ्यको लागि र आउने पुस्ताका लागि महत्वपूर्ण रहेकोले किसानहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । “यदि तपाई किसानहरुले साथ र सहयोग दिनुभयो भने हामीले यस गाउँपालिकालाई प्रदेश नं.२को पहिलो अर्गानिक गाउँपालिका बनाउन आवश्यक कार्यक्रम ल्याउने छौं”। उनले भने, ‘कार्यक्रम आयोजक फार्म हाउसका डाईरेक्टर सुदर्शन चौधरी लगायत वहाँको टिमका साथीहरुले अर्गानिक खेतिमा गरेको मेहनतको प्रशंसा गर्दै वहाँहरुको पटक पटकको आग्रह र प्रयासले यस्तो महत्वपूर्ण कार्यक्रम गाउँपालिकालाई बनाउन लगाएकोमा धन्यबाद दिए ।

कार्यक्रम गाउँपालिकाको ६ वटै वडाहरुमा संचालन गरिएको थियो जसमा प्रत्येक वडामा ३०÷३० जना कृषकहरु गरी १८० जना भन्दा बढी कृषकहरु सहभागि भएको आयोजक संस्थाका डाईरेक्टर सुदर्शन चौधरीले जानकारी गराएका थिए । कार्यक्रममा किसानहरुलाई अर्गानिक खेतिको आवश्यकता, महत्व, अर्गानिक तरिकाबाट रोगकिराको नियन्त्रण तथा अर्गानिक खेति कसरी गर्ने बिषयमा जानकारी गराईएको थियो ।

समापन कार्यक्रममा स्थानीय शिक्षक रमानन्द लेखी, रतवाला विधालय व्यवस्थापन समितिका अध्यक्ष देवकान्त चौधरी र वडा नं.६ का सदस्य धनजीत प्रसाद चौधरी लगायतकाले सहभागि किसानहरुलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया