बरमझियाका एक यूवाद्धारा आत्महत्या

  • असार १५, २0७८
  • 0
...

कञ्चनपुर, असार १५ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना फाँसीमा झुण्डीएर आत्महत्या गरेको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्बर–२ महादेपटी स्थीत १९ बर्षिय सलमान शेखले घाँटीमा लैलुनको रस्सीले सोमबार राती झुण्डीएर आत्महत्या गरेको सोही वडाको वडा अध्यक्ष मेहदी हुसेनले वताए । अध्यक्ष हुसेनका अनुसार १९ बर्षिय सलमान शेखको मानसीक सन्तुलन ठिक नभएकोले कुनवेला के गरी हाल्ने कसैलाई केही पतो थिएन ।

सोमवार राती नियमित जस्तै खाना खाएर आफनै कोठामा सुत्न गएको सलमान बिहान हुँदा समेत ढोका नखुलेको देखेर घरको मान्छे चेक गर्न जाँदा सलमानलाई झुण्डीएको अवस्थामा देखेपछि प्रहरीलाई जनकारी गराएको वडाअध्यक्षले हुसेनले वताए । ईलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेश सिंहका अनुसार फाँसीमा झुण्डीएर मरेका सलमानको कानुन बमोजीम सहर जमीन मुचुलका भएर शवलाई पोस्टमार्टमको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाएको र थप अनुसन्धान कार्य भईरहेको वताए ।

प्रतिक्रिया