कञ्चनपुर, असार १५ गते । सप्तरीको अग्निसाईरकृष्णसावरण गाउँपालिका ६ महुली बजारमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानिय मोहम्मद जलिलको ३५ बर्षिया पत्नीं जहादा खातुनले मोबाईल चार्ज गर्ने क्रममा तार सर्ट भएर सोमबार साँझ मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जनाएको छ ।
करेन्ट लागी घाईते भएकी जहादालाई तत्काल उपचारको लागी बिराटनगर स्थित नर्सिङहोम अस्पतालमा लगी उपचार गराउँदा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लाशको कानुन बमोजिम जाँच मुचुल्का लगायत पोष्ट मार्टम समेतको कार्य पश्चात आफन्तले बुझाइएको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया