कञ्चनपुर, असार १५ गते । मधेशी आयोगका सदस्य रेणुु साहले राज्यको सबै निकायमा मधेशी लगायत महिलाको समानुपातिक सहभागिता बढाउनुु पर्ने बताएकी छिन् ।
आयोगद्धारा सोमबार सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजित मधेशी समुुदाय शसक्तिकरण अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सो कुरा बताएकी हुन् ।
राज्यको व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकामा मधेशी महिलाहरु सहभागिता न्यून रहेको र लोकसेवा तयारी कक्षा सहर केन्द्रित भएकोले गाउँमै आयोग मार्फत लोकसेवा कक्षाबारे अभिमुखीकरण गरिएको कार्यक्रमका प्रमुख अथिति रेणुु साहले बताए । उनले भनिन,‘ अगामी दिनमा पनि मधेशी महिलालाई स्वरोजगारी र जागिरहमा प्रतिनिधित्व बढाउने खालको कार्यक्रम आयोग मार्फत ल्याउछौं ।’
बहुुआयामिक समृद्धि र सुशानको अभियान पुहँच सशक्तिकरण र रुपान्तरणको सुप्रस्थान कार्यक्रममा कञ्चनरुप नगरपालिका अन्तरर्गत ३१ जनालाई लोकसेवा तयारी कक्षाबारे अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा सबै समुुदायका कक्षा १२ उर्तिण भएकाहरुलाई लोकसेवा तयारी गर्नेबारे रुपनी गाउँपालिकाका अधिकृत जामुन दास र राजगढ गाउँपालिकाको नायब सुुब्बा नगिना केसीले सहजीकरण गरेकी थिइन । कार्यक्रममा आयोग अधिकृत बिन्दु शर्मा,सुुब्बा ललित साह लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया