कञ्चनपुर,असार १७ गते । कोरोना भाइरस कोभिड १९ बाट जोगिनका लागि दलित सरोकार मञ्च नेपाल कञ्चनरुप–८,सप्तरीको समन्वयमा सप्तरीको कञ्चनरुप नगरपालिका र सिरहाको कर्जन्हा नगरपालिकामा दुुई करोडभन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
चुुजी च्यारिटी फाउण्डेशन ताइवानको सहयोगमा मञ्चले शुुक्रबार एक समारोहबीच कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रलाई १० लिटरको अक्सीजन कन्सट्रेटर २थान, पिपिई सेट एक हजार, एन ९५ माक्स ५ हजार,मेडिकल माक्स १० हजार, ग्लोबस १० हजार, ५ लिटरको सेनिटाईजर ४० जार, प्लस अक्सिमिटर एक सय थान लगायतकासमाग्रहीहरु उपलब्ध गरिएको दलित सरोकार मञ्चका कार्यकारी निर्देशन भोला पासवानले बताए ।
निर्देशक पासवानका अनुसार यो महिना भित्र नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक थान भेन्टिलेटर,एक थान भिडिया एक्सरे र एक थान डिजिटल एक्सरे हस्तान्रण गर्ने बताए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमा मिश्रले अहिलेसम्मकै सबभन्दा ठूलो स्वास्थ्य सामग्री सहयोग गरेकोमा सहयोगी संस्था र समन्वय गर्ने मञ्चलाई विशेष धन्यवाद दिएका थिए । दाताबाट प्राप्त स्वास्थ्य सामग्रीलाई पार्दशि तरिकाले कोरोना नियन्त्रण कार्यमा प्रयोग गर्ने नगरप्रमुख मिश्रले प्रतिबद्धता जनाएका थिए ।
‘ जनताको अधारभूत स्वास्थ्य जाँचका लागि भिडियो एक्सरे, डिजिटल एक्सरे र सर्प दंश सेवा संचालनका लागि भेन्टिलेटर सहयोगले धेरै ठूूलो सहयोग भएको छ ।’ नगरप्रमुख मिश्रकले कोरोनाको दोस्रो लहरमा सबभन्दा बढी संक्रमित र मृत्युु हुने सख्या कञ्चनरुप नगरपालिकामा भएकाले अगामी दिनमा पनि थप सर्तकता अपनाउनका लागि स्वास्थ्य सामग्रीले महत्वपूर्ण योगदान हुने बताए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख निरु पोखरेल,प्रमुुख प्रशासकीय अधिकृत नवराज खडका,प्रशासन फाटका संयोजक राजेश यादब,स्वाथ्य शाखाका संयोजक रामसेवक यादब,सह–संयोजक डम्बर प्रसाद गुप्ता ,दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरिया,जिल्ला संयोजक राजकुुमार पासवान,लेखाअधिकृत अमित गुप्ता,बालकुुमारी चौधरी,कार्यक्रम सहायक अनिताकुमारी खंग,पत्रकार राजकुुमार साह,डम्बर राई,उत्तम अर्चाय लगायतको सहभागिता रहेको थियो ।
बिहिबार दलित सरोकार मञ्च सप्तरीले कर्जन्हा नगरपालिकालाई करिब ८० लाख बराबरको स्वास्थ्य संग सम्बन्धीत विभिन्न समाग्रीहरु उपलब्ध गराएका हुन् । कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानले स्वास्थ्य सामग्री उपलब्ध गराइदिन आग्रहकाले सोही बमोजिम दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासमानले अगुवाई गरि चु जी फाउनडेसन ताइवानको सहयोगमा अक्सीजन कन्सट्रेटर २० थान, ऐन्टीजेन टेस्ट किट २५ सय, पिपिई सेट ५ सय, एन ८५ माक्स १ हजार पिस, मेडिकल माक्स १० हजार, २५ सय ग्लोबस, ५ लिटरका सेनिटाईजर ५० जार,प्लस अक्सिमिटर ५० थान,थमएल गन ५० थानलगायत समाग्रहीहरु उपलब्ध गराइएको कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगदिश मण्डलले जानकारी दिए ।
चु जी फाउण्डेसनले दलित गरिबको नगरपालिका रहेको भन्दै कर्जन्हा नगरपालिकालाई ठूलो मात्रामा राहतका समाग्री र स्वास्थ्य समाग्रीहरु उपलब्ध गराइरहेको सहयोगी संस्थालाई प्रसंसा पत्र दिदै थप सहयोग गर्न नगर प्रमुख पासमानले आग्रह गरेका थिए ।
नगरपालिकामा आएका सम्पुर्ण स्वास्थ्य समाग्री र राहतहरु आमजनसमुदायमा परदर्शी रुपमा प्रभावकारी ढंगले वितरण हुने नगर प्रमुख पासमानले जानकारी दिए । छिटै थप ४५ सय दलित परिवारहरुको लागि राहत आइरहेको हुँदा वितरणको कार्यपनि छिटै हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया