कञ्चनपुर, असार १८ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले नयाँ सहकारी संस्थाका पदाअधिकारीहरुको नेतृत्व विकासका गर्न तीन दिने तालिम सम्पन गरेको छ ।
कञ्चनरुप नगरपालिकामा थप भएका ९ वटा नयाँ सहकारी संस्थाका नेतृत्व विकासका लागी बुधवारवाट शुरु भएको तालिम शुक्रवार सम्पन भएको हो । उक्त तालिमा प्रमुख अतिथि नगर प्रमुख वसन्त कुमार मिश्रले सहकारीको महत्व तथा सहकारीको स्थानीय सरकारमा हुनु पर्ने अहम भुमिका वारे सहभागीहरुलाई प्रस्ट पारेका थिए ।
तालिममा उप नगर प्रमुख नीरु पेखरेल लगायत नगरपालिकाका प्रमुख प्रशासक अधिकृत नवराज खड्का र नगरपालिकाका प्रवकता तथा वडा नम्बर—८ का वडा अध्यक्ष राजकुमार साह सहितको उपस्थीति थियो । तालिमका प्रशिक्षको रुपमा बिनोद कुमार कार्की र सह प्रशिक्षकमा मातृका प्रसाद चौधरीले सहभागीहरुलाई नेतृत्व विकासबारे तालिम दिइएको थियो ।
नयाँ सहकारीहरुमा आदिवासि जनजाति कुषि सहकारी, जनता वहुउदेश्यीय सहकारी, रुपनगर किसान बहुउदेश्यीय सहकारी, हिमाचुली सहकारी, बाबा तपेश्वरी कृषि सहकारी, दिब्य ज्योती बहुउदेश्यीय सहकारी र सृजना शिल तथा वचत सहकारी रहेको छ । उक्त तालिममा सहभागीका संख्या २४ जना सहभागी रहेको कञ्चनरुप नगरपालिकाकी लेखा सहायक रञ्जना चौधरीले जानकारी दिएकीछिन् ।
प्रतिक्रिया