राजकुुमार साह कञ्चनपुर, असार २१ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले पहिलो पटक दलित उत्थानका लागी नीति गत ब्यवस्था र कार्यान्वयको अवस्थाबारे सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ ।
कञ्चनरुप नगरपालिकाका समाजिक विकास शाखाको आयोजनामा सोमबार वडा नम्बर १ देखी ४ सम्मका दलित अगुवाहरुलाई दलित सम्बन्धी नीति र त्यसको कार्यान्पनको अवस्थाबारे सहजीकरण गरिएको छ । दलित उत्थानका लागी दलितहरुको सहभागितामा सचेतना मुलक कार्यक्रमको अध्यक्षता गरेका कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले भने , पहिलो नम्बरमा कुनै पनि जाति पछाडी पर्नुको मुख्य कारण शिक्षा हो,त्यसैले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ ।’ उनले भने, ‘दोस्रो नम्बरमा दलितहरुलाई स्वास्थ्यमा बढी ध्यान दिनुपर्छ्र ।’ दलित बढि श्रमगर्ने र खटने जाती भएकोले आफ्नो स्वास्थ्यमा बढि जोर दिनु पर्छ ।’ मिश्रले भने,‘दलितलाई पोष्टीक अहार खाना नपाएर झन बढी स्वास्थ्य समस्या रहेको छ ।’ दलित समुुदायका व्यक्तिहरु अनावश्यक खर्चलाई रोक्नुपर्ने भन्दै मिश्रकले भने,‘ जवसम्म अनावश्यक खर्च कम गर्दैन दलितहरुलाई अभावले छोड्दैन ।’
कार्यक्रमका प्रशिक्षक पत्रकार एवं दलित सरोकार मंच नेपाल सप्तरीका कार्यकारी निर्देशक भोला पासमानले नेपालका संबिधानमा दलित समुदायबारे उल्लेखित अधिकारबारे चर्चा गरेका थिए । ‘दलित समबन्धी कानुनी व्यवस्था भएपनि त्यसको कार्यान्वयन फित्तलो रहेको छ ।
संबिधानको मौलिक हकमा दलितलाई उच्च शिक्षासम्म नि ः शुल्क पढ्न पाउनुु पर्ने व्यवस्था भएपनि त्यसको कार्यान्वयन हुन सकिरहेको छैन ।’ कञ्चनरुप नगरपालिका भित्र कुल जनसंख्याको ३२ प्रतिशत दलित रहेपनि कानुनले दलितको लागी गरेको अधिकारवाट र दलितको सहभागीता किन र कसरी बञ्चित भइरहेको छ ? त्यसबारेमा अधिकारकर्मी समेत रहेका पासवानले प्रष्टयाएका थिए ।
दलित उथानको लागी आफूले १८ वर्ष देखि कलमको माध्यमवाट संघर्ष गरी रहेकोले आज केहि दलितका होनार पुत्रहरुले उच्च शिक्षा हासिल गर्नमा मद्दत पुगेको समेत कार्यक्रमा वताए । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख नीरु पेखरेल, प्रमुख प्रशासकिय अधिकृत नवराज खड्का, समाजिक विकास शाखाका कार्यक्रम अधिकृत भावना घिमिरे, नगरपालिकाका प्रेस सल्लाकार उतम अर्याय,पत्रकार डम्बर राई र राजकुुमार साह,दलित सरोकार मंचका क्रमचारी अनीता खंगा र बाल कुमारीको उपस्थीति रहेको थियो भने, कार्यक्रमको संचालन समाजिक विकास शाखाका वरिष्ट अधिकृत शुशिला चौधरीले गरेकी थिईन् ।
प्रतिक्रिया