कञ्चनपुर,असार २६ गते । घरेलुु तथा साना उद्योग कार्यालय राजविराजद्धारा भगत सर्वजित सीप बिकास कार्यक्रम अन्तर्गत मोटरसाईकल मर्मत सम्बन्धि तीन महिने तालिम सम्पन्न भएको छ ।
कंचनरुप नगरपालिकाको बेरियरमा शनिबार एक कार्यक्रम आयोजना गरि तालिममा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका,सप्तकोशी नगरपालिका,तिरहुत गाउँपालिका युुवाहरुको सहभागिता रहेको थियो ।
घरेलुु तथा साना उद्योग कार्यालय राजविराजका प्रमुख सन्तोष साहको अध्यक्षतामा भएको तालिम समापन समारोहमा प्रदेश २का दलित विकास समिति सदस्य श्याम सरदारले सीपमूलक तालिमलाई व्यहारमा उर्तान सहभागीहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख अथिति कञ्चनरुप नगरपालिका–८का वडा अध्यक्ष एवं प्रवक्ता राजकुुमार साहले भने,‘ बुढापाकाले रिन्च र सिरिन्च यी दुवै पेशामा कमाइ हुुने भएकोले त्यसतर्फ ध्यान दिनुुपर्छ ।’ वडाअध्यक्ष साहले भने,‘ सीपले मान्छेलाई स्वरोजगार बनाउन मद्दत गर्छ ।’ कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलय सप्तरीका प्रमुख सन्तोष साहले तालिम लिएकाहरुलाई सय रुपैया व्यसाय दर्ता गर्न सकिने प्रावधान रहेको बताएका थिए ।
पत्रकार महासघ प्रदेश २का सचिव भोला पासवानले भगत सर्वजित बिश्वकर्माले समाजिक आन्दोलनले स्थाथापित नाम भएको बताउँदै दलित समुुदायको एतिहासिक व्यक्तित्वको नाम जोडिएको कार्यक्रमलाई दलित मैत्त िबनाउन आग्रह गरेका थिए । कार्यक्रमा इलाका प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधिको समेत सहभागिता रहेको उक्त समापन कार्यक्रमको संचालन कार्यालयका अधिकृत विरेन्द्र साहले गरेका थिए ।
तालिममा सहभागीहरुलाई प्रमुख अथिति र विशेष अतिथिको हातबाछ प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रतिक्रिया