सहकारीको मूल मन्त्र ‘एकका लागि सबै सवैका लागि एक’ : अध्यक्ष यादब

  • असार २७, २0७८
  • 0
...

कञ्चनपुर,असार २६ गते । अन्नपूर्ण सहकारीको मूल मन्त्र भनेको ‘एकका लागि सबै सवैका लागि एक’ बहुुमुखीज सहकारी संस्था लिमिटेड कञ्चनपुरले शैक्षिक जागरण अभियान संचालन गरेको छ ।

संस्थाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुदम्बर यादबले सहकारीको मूल मन्त्र भनेको ‘एकका लागि सबै सवैका लागि एक’ रहेको बताए । कार्यक्रममा सहकारीमा आवद्ध बचतकर्ता,शेयरधनी,कर्मचारी र सेवाग्राहीहरुलाई प्रशिक्षण दिदैँ अध्यक्ष यादबले सहकारीको इतिहास र नेपालको अवस्थाबारे सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

संस्थाका व्यवस्थापक आन्नद प्रसाद गुप्ताले बचतको फाइदाबारे जानकारी गराउँदै सहकारीले संचालनमा ल्याएका ऋण तथा बचतबारे जानकारी गराएका थिए । कार्यक्रममा लेखा समिति संयोजक विजयकृष्ण राही र संस्थाका शेयर सदस्य संजय स्वर्णकार र उपाध्यक्ष शत्रुघन यादबले समेत मन्तव्य राखेका थिए ।

महासंघ सचिव पासवानलाई सम्मान शैक्षिक जागरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २का सचिवमा निर्वाचित कञ्चनरुप नपा–८का पत्रकार भोला पासवानलाई सहकारी अध्यक्ष सुुदम्बर यादबले गम्छा ओढँउर सम्मान गरेका थिए । कार्यक्रम संचालन संस्थाका संचालक समितिका सदस्य चितरंजन यादबले गरेका थिए ।

प्रतिक्रिया