कञ्चनरुप नगरपालिकामा एक महिना पछि पुनः १५ जनाको जाँच गर्दा ५ जनामा कोरोना संक्रमण

  • श्रावण ५, २0७८
  • 0
...

कञ्चनपुर, साउन ५ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा कोरोनाको दोस्रो लहर एक महिना पछि पुनः आज (मंगलवार) १५ जना ब्यक्तिको कोरोना जाँच गर्दा ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

कोभिड अस्थाई अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरले मंगलवार ऐन्टीजेन विधिवाट १५ जनालाई जाँच गर्दा ५ जनामा संक्रमण भेटिएको स्वास्थ्य केन्द्रका कोभिड कोडिनेटर संयोजक विकास गुप्ताले वताए ।

जाँच गराउन आएका बिरामिहरुमा ज्वरो,रुघा र सुखा खाँसी भईरहेको लक्ष्ण देखेकोले अस्पतालले जाँच गरेको थियो । ईलाका प्रहरी कार्यालय कञ्चनपुरका एक थुनवा सहित नगरपालिका ५ जना संक्रमित भएका छन् । कञ्चनरुप न.पा. वडा नम्बर—८ का तीन जनामा ३९ बर्षिय पुरुष , ४२ बर्षिय पुरुष र ३५ बर्षिया महिला छन् ।

त्यसतै वडा नम्बर—१२ का दुई जनामा एक जना ३१ ब्र्षिया महिला र अर्को एक जना ४२ बर्षिय पुरुष रहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड कोडिनेटर संयोजक विकास गुप्ताले वताए ।

प्रतिक्रिया