महोत्तरी,साउन ८ गते । चमार काल्यण समाज दोहा कतार शाखा क्षेत्रीय प्रमुख दुखरण महराले महोत्तरीको भङगहा नगरपालिका–८का एक पीडत परिवारलाई शुक्रबार राहत प्रदान गरेको छ ।
स्थानीय घुरुन रामको मुत्यु पछि उनको पत्नी गिता देवी चमारलाई खान लगाउन समस्या भएपछि ६ हजार रुपैया नगद र खाद्यान्य सहयोग गरिएको हो । खाद्यान्यमा चमाल,दाल ,आलु र प्याज सहयोग गरिएको छ ।
जिल्ला स्तरीय रुपमा संगठित भएका चमार समुदायलाई चमार काल्यण समाज नेपाल सौउदी अरेबियाको पदअधिकारी लगायत सबै सदस्यहरुलाई पीडित परिवार धन्यवाद दिएका छन् ।
प्रतिक्रिया