कञ्चनरुप नपामा पहुँचको अधारमा खोप : प्राथमिकतामा परेपनि दलितलाई उपेक्षा

  • श्रावण १४, २0७८
  • 0
...

राजकुुमार साह
कञ्चनपुर,साउन १३ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा कोरोना बिरुद्धको खोेप लगाइएको छ तर दलित समुुदायलाई उपेक्षा गरिएको छ । 

पछिल्लो पटक कञ्चनरुप नगरपालिकाले पछिलो चरणमा जोनसन एण्ड जोनसनको खोप लगाउँदा पनि दलितलाई विभेद गरेपछि दलित अगुवाहरुले त्यसको विरोध गरेको छ । 

५० वर्ष देखि ५४ वर्ष उमेर समुहलाई पहिलो प्राथमिकतामा, दोस्रोमा विदेश जाने नागरीक , तेस्रोमा लक्षित वर्ग, दलित,अपाङ्ग, फ्रन्टलाइनमा काम गर्ने पेशाकर्मीहरुलाई खोप लगाउने निर्देशन भएपनि पहुँचका अधारमा १८ बर्षकै व्यक्तिहरुले खोप लगाएका छन् ।

५४ बर्षिया परमेश्वर सदा र  ५९ बर्षिया भुुटीदेवी रामले भनिन्‘ हामीलाई खोप लगाइएन तर १८ बर्षका युुवाहरुले पहुँचका अधारमा खोप लगाए ।’ कञ्चनरुप नपा –११का स्थित स्वास्थ्य चौकीका इन्चार्ज लालबहादुर राउतका अनुसार पछिलो चरणमा जोनसनको ३ सय २५ भाईल भ्याकसिन उपल्वध भएकोमा ५० वर्ष देखि ५४ वर्ष उमेर समुहको एक सय ८८ जना,बैदेशिक रोजगारमा जाने ८ जनालाई , अपाङ्ग भएका २जनालाई , एक स्वास्थ्यकर्मीलाई र ३४ जना दलितलाई खोप लगाएको बताए । 

स्वास्थ्य चौकी इन्जार्चकै तथ्याङ्क अधारमा पनि ३ सय २५ भाईल खोपमा ९२ जना पहुँच र शक्तिको अधारमा खोप लगाइएको पाइएको छ । ‘पहुच र शक्तिको अधारमा १८ बर्षदेखि ९६ वर्ष सम्मकोले भ्याकसिन लगाएको छ,तर हामी दलित समुदायलाई उपेक्षा गरिएको छ ।’ कञ्चनरुप नगरपालिका— ११ का दलित अगुवा रामनारायण सदाले भने,‘ वडा नम्बर—११ मा ५ सय २५ दलित घरपरिवार छ । वडाको स्वास्थ्य चौकीमा पुगेर हामी दलित पनि भ्याकसिन लगाउन पाउँनुु पर्छ भन्दा स्वास्थ्यकर्मीहरुले भ्याकसिन लगाउन मानेनन् ।’

दलितहरुले बिरोध गरेपछि मात्र केहि दलितलाई भ्याकसिन लगाउन स्वास्थ्यकर्मी तयार भएको रामनारायण दलित अगुवा सदाले वताए । ‘ मंगलबार वडा नम्बर ११मा ३ सय २५ जनाले खोप लगाउँदा १९ जना मात्रै दलित समुुदायले खोप लगाउन पाए,त्यो पनि दलितहरुले विरोध गरेपछि ।’ दलित अगुवा सदाका अनुसार बुधबार सामूहिक रुपमा दलितहरुले खोप लगाउन स्वास्थ्य चोकी जाँदा स्वास्थ्यकर्मीहरुले प्रहरी बोलाएर दलितहरुलाई प्रवेश निषेध गरे ।’

त्यसैगरी वडा नम्बर— २ मा २ सय १५ भाईल भ्याकसिनमा ५० वर्ष देखि ५४ वर्ष उमेर समुहका एक सय ५० जनालाई , २५जना वैदेशिक रोजगारमा जानेहरुलाई र ५ जना दलितलाई र बिभिन्न उमेर समुहकाले भ्याकसिन लगाएको स्वास्थ्यकर्मी चन्दकिसोर पंडितले वताए ।

प्रतिक्रिया