कञ्चनपुर,साउन १३ गते । घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले भगत सर्वजित कार्यक्रम अन्तर्गत कटाई सिलाई सीप विकास तालिममा सहभागीहरुलाई बुधबार एक कार्यक्रबीच प्रमाण पत्र हस्तान्तरण गरेको छ ।
तीन महिने उक्त तालिममा कञ्चनरुप नगरपालिकाका वडा नम्बर ५,६,७ र ९ नम्बरका दलित महिला तथा किशोरीहरुले तालिम लिएका थिए । तालिममा सहभागी भएकाहरुलाई प्रदेश २का दलित विकास समितिका सदस्य श्याम सरदारले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै दलित विकास समिति सदस्य सरदारले सीप सिकेर त्यसलाई व्यहारमा उतारे मात्र त्यसबाट प्रतिफल आउने बताए । ‘ समाजिक,आर्थिक र राजनीतिक रुपमा पछाडी पारिएका दलित समुुदायका महिला र पुरुषलाई सशक्तिकरण गर्न सीप विकाससँगै पूुजीँपनि उपलब्ध गराउनुु पर्छ ।’ प्रमुख अथिति सरदारले भने,‘ दलित विकास समिति पनि दलितहरुको सीप विकास गर्न सहयोग गर्ने खालका कार्यक्रम ल्याउन पहल गर्छ ।’
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका प्रमुख सन्तोष साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनरुप नपा वडा नम्बर ६का वडाअध्यक्ष मोहम्द जिब्रिल, वडा नम्बर ७का वडाअध्यक्ष हरिकृष्ण महतो,पत्रकार भोला पासवान,वडा सचिव मिरा भट्टराई र प्रशिक्षार्थीका तर्फबाट सिर्जना सरदाले मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन वरिष उद्यम विकास सहजकर्ता विरेन्द्र साहले गरेका थिए ।
प्रतिक्रिया