कञ्चनपुर, साउन १५ गते । नेपाल शिक्षक महासंघ र संगठन आवद्ध शिक्षकहरु सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार रिले अनशन बसेका छन् ।
आन्दोलनकारी शिक्षक÷शिक्षिकाहरुले कञ्चनरुप नगरपालिकाका उप–प्रमुख निरु पोखरेललाई विभिन्न ३४ बुँदे माग पत्र बुझाएका थिए । आन्दोलनकारीहरुको माँग बुुझदै उप–प्रमुख पोखरेलले नगरपालिका तहबाट पुरा गर्न सकिने माँग विषयमा छलफल गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
महासंघले चौथो चरणको आन्दोलन गरिरहेको छ । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज बिहान ८ बजेदेखि शिक्षकहर एक दिने रिले अनशन शुरु गरेका हुन् । सप्तरीका १८ पालिका लगायतका ठाउँमा समेत शिक्षकहरुले रिले अनशन गरेका हुुन् ।
महासंघले प्रारम्भिक बालकक्षा शिक्षक तथा कर्मचारीको तलब वृद्धि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, कोभिडविरुद्धको खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षक परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आन्तरिक परीक्षाबाट बहिर्गमनमा परेका अस्थायी शिक्षकलाई तत्काल गोल्डेन हेन्डसेक दिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया