कञ्चनपुर,वैशाख ३० गते ।
कञ्चनरुप नगरपालिका–८ निवासी स्वर्गिय विश्वनाथ प्रसाद साह(गुरुजी)को २१ वार्षिकीको अवसरमा दुई जना गरिव विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सर्वोदय माध्यामिक विद्यालयका चर्चित शिक्षक साहका श्रीमती बागेश्वरी देवी साह र कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार मिश्रले स्थानीय दिपक साहका छोरा राजा साह र डम्बर रामको छोरी संगीता रामलाई कपडा,जुत्ता र शैक्षिक सामग्री वितरण गरेका थिए । दुवै जना विद्यार्थी कक्षा ३मा अध्ययनरत छन् ।
संगीताको आमा छैन । परिवार पनि दैनिक मजदुरी गरेर जिवीका चलाउँदै आएको छ । त्यस्तै राजा साहको परिवारको आर्थिक अवस्था पनि नाजुक रहेको छ ।
स्वर्गिय शिक्षक साहका छोरा डाक्टर संजय साहले दुवै जना विद्यार्थीको सम्मपूर्ण पढाई खर्च व्यहोर्ने बताए । शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रअ तारानन्द मल्लिक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर चौधरी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया