अध्यक्षमा चंदन गुप्ताको नेतृत्वमा नगरस्तरीय व्यपार संघ गठन

  • बैशाख ३0, २0७६
  • 0
...

कञ्चनपुर, वैशाख ३० गते । कञ्चनरुप नगरपालिकाको व्यपारीहरुको हक अधिकारको लागि कञ्चनरुप नगर स्तरीय व्यपार संघको तर्दथ समिति शुक्रबार गठन भएको छ ।
तदर्थ समितिको अध्यक्षमा चंदन रौनियार,उपाध्यक्षमा कृष्णहरि ढकाल,सचिवमा शशि साह र कोषाध्यक्षमा  घनश्याम रौनियार चयन भएको छ ।
समितिको सदस्यहरुमा अनु सत्याल, रमानन्द साह,शीवचरण साह,जगधर साह र दुर्गानन्द झा रहेका छन् । समितिको वरिष्ट सल्लाहकारमा शत्रुधन रौनियार,सल्लाहकारमा श्यामसुन्दर प्रसाद रौनियार र राजेश प्रसाद गुप्ता रहेका छन् ।
तदर्थ समितिले चाडै संघको विधान तयार गरी कानुनी रुपमा दर्ता गर्ने जिम्मेबारी पाएको छ । तदर्थ समितिका सचिव शशि साहका अनुसार संघले नगरभरी सबै व्यपारीहरुलाई संगठित गरी उनीहरुको अधिकारको लागि संस्थागत रुपमा लड्ने बताए ।
 

प्रतिक्रिया