विकाश निमार्णमा बेतिथि नाम उपभोक्ताको काम ठेक्केदारबाट
श्यामसुन्दर पासवान
कञ्चनपुर, असार ८ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा आर्थिक वर्ष २०७५÷०७६ का छुटयाइएको बजटे अनुसार भइरहेको अधिकाशं काम उपभोक्ताको नाम भएपनि ठेक्केदार मार्फत भइरहेको छ ।
वडा र नगरस्तरीय विकास निर्माण कार्यका लागि विनयोजित रकम जनप्रतिनिधिहरुले सकभर आफन्त,नभए पार्टीका व्यक्ति तर वफादारलाई उपभोक्ता समितिमा राखेर नामको लागि उपभोक्ता समिति गठन गरेपनि अधिकांश काम ठेक्केदार मार्फत भइरहेका छन् । नगरपालिकाले बाटो निर्माण,कव्रिस्तान,इनार,पोखरी मर्मत,विद्यालयहरुको भवन,बाटो ग्राभेल,कालो पत्र सड,आरसिसि ढलान,नाला,मठ मन्दिर,कलभर्ट पुल,स्वास्थ्य संस्था, माटो ग्राभेल र सामुदायीक महिला भवन सहितका विकास निर्माण कार्यमा विभिन्न वडाहरुमा कुल करिब ५७ वटा उपभोक्ता समिति गठन गरी काम गरीरहेको छ ।
जनप्रतिनिधिहरुले कमिसनको चलखेल वाहिर नजाओस् भन्ने उद्दश्यले आफ्ना आसेपासे ब्यतिmहरुलाई समिति गठनगरी सो विकास निर्माण कार्य आफै गरेपछि सर्वसाधरणलाई त्यसवारेमा धेरै जानकारी नहुने गरेको वडा नम्बर १ निवासी प्रकास साहको भनाई छ ।
यस सम्वन्धमा नगरपालिकाको नगर प्रमुख बसन्त कुमार मिश्रसंग जानकारी लिदा उनले नगरपालिकामा कुनै जनप्रतिनिधिहरुले आफनो वडाहरुमा आफै काम नगरेको भन्दै उपभोक्ता समितिबाटै सबै कार्य भइरहको दावी गरेका छन् । हाल सम्म नगरपालिकाबाट विभिन्न वडाहरुका २२ वटा उपभोक्ता समितिले आफना पुरा काम सम्पन गरी करम समेत लगी सकेको योजना शाखाका योगेन्द्र पोखरेल जनाएका छन् ।
प्रतिक्रिया