कञ्चनपुर, भदौ १३ गते । सप्तरीको कञ्चनरुप नगरपालिका —८ स्थित बालबोध सेकेण्डरी स्कुलका कक्षा १०मा अध्ययनरत विद्यार्थीले २०७७ सालको एसईई उत्तीर्ण बिद्यार्थीलाई शनिवार कार्यक्रम गरेर बिदाई समाहरो गरेका छन् ।
२०७७ को एसईईमा बालबोध सेकेण्डरी स्कुलका ३४ वटा बिद्यार्थीले परिक्षा दिएका थिए । यो संगै उक्त स्कुलको १४औँ ब्याच एसईई परिक्षा उत्तीर्ण गरेका स्कुलले जनाएको छ ।
स्कुलको आधुनिक र गुणस्तर शिक्षाले छात्रवृतिमा नाम निकालन सफल बिद्यार्थीलाई सम्मान गर्ने नीति अनुसार २ बिद्यार्थीलाई सम्मान गरेको हो । कञ्चनरुप वडा नं.८ का अजय पजियारले प्राविधिक तर्फ एम.बी.बी.एस.मा र आरती पजियारले बी.एस.सी नर्सिङमा २०७८ को परिक्षामा पुर्ण छात्रवृति पाउन सफल भएका छन् । उनीहरु दुवै दाजुवहिनी हुन ।
२०७१ सालमा उक्त स्कुलवाट अजय पजियार र २०७३ सालमा आरती पजियारले एस.एल.सि परिक्षा उत्तिर्ण गरेका थिए । अजय पजियारले २०७४ सालमा शिक्षा दिप बिराटनगरबाट १२ कक्षा उतीर्ण गरेको थियो । भने, आरती पजियारले २०७६ सालमा १२ कक्षा ग्रिनल्याण्ड बिराटनगरबाट उत्तीर्ण भएकी थिइन । अजयले ४ बर्षदेखि मेडिकलको तयारी काठमाडौँमा गर्दे आए पनि तेस्रो पल्ट छात्रवृतिमा नाम निकालन सफल भएको स्कुलले जनाए ।
उक्त कार्यक्रमका अध्यक्षता स्कुलका प्रधानअध्यापक संजय खडगाले गरेको थियो भने, प्रमुख अतिथिको रुपमा समाजसेवि खिखर साह,बिष्टि अतिथिका रुपमा सहयोगि वचत तथा क्रिण सहकारी संस्थाका अध्यक्ष अनोज यादव र शिक्षा विद्य वुद्धिसागर चौधरी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया